मिडिया काउन्सिल विधेयक : सरकार अधिनस्थ प्रेसको परिकल्पना

६ साउन, काठमाडौं । लोकतन्त्रको आधारस्तम्भ मानिने सञ्चार क्षेत्रलाई अंकुश लगाउने गरी नियन्त्रणमुखी खालका प्रावधानसहितको मिडिया काउन्सिलसम्बन्धी कानुन बनाउन सरकार तम्सिएको छ ।

सञ्चार क्षेत्रसम्बद्ध संघसंस्थादेखि स्वतन्त्र प्रेसका पक्षधर सरोकारवालाहरुले बारम्बार ध्यानाकर्षण गराए पनि सरकारले मिडिया काउन्सिल विधेयकमाथि पुनर्विचार गर्ने छाँट देखाएको छैन ।

राष्ट्रिय सभामा रहेकै बेला विधेयकमा प्रावधानहरुमाथि व्यापक प्रश्न उठेका थिए । तर ती प्रश्नको सम्बोधन नगरी पास भएर प्रतिनिधि सभामा आइपुगेको विधेयकलाई यसै अधिवेशनबाट पारित गर्ने हतारोमा सरकार छ ।

त्यही हतारोबीच विधेयकलाई अन्तिम टुंगोमा पुर्‍याउन १६ साउनमा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मिडिया काउन्सिल विधेयकमाथि दफावार छलफल गर्न भन्दै संसदीय उपसमिति गठन गरेको छ ।

यो बीचमा सञ्चार क्षेत्रका विभिन्न व्यक्तिहरुलाई बोलाएर समितिले सुझाव पनि लियो । उनीहरुले विधेयकका प्रावधान समस्याग्रस्त रहेकाले सच्याउन सुझाव दिएका छन् ।

आइतबार पनि प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, जनपत्रकार संगठन, क्रान्तिकारी प्रेस संगठन र प्रेस नेपाल गरी सात वटा संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै मिडिया काउन्सिल विधेयकका महत्वपूर्ण प्रावधान सरकार नियन्त्रित र प्रतिगामी रहेको उल्लेख गरेका छन् ।

‘यसले पूर्ण प्रेस स्वतन्वतालाई सङ्कुचन गरेको छ। प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता, संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, राष्ट्रिय आमसञ्चार नीति २०७३ आमसञ्चार क्षेत्र सुधार समितिको सुझाव र सरोकारवाला पक्षसँगको समझदारीबमोजिम विधेयक संशोधन गरेर स्वतन्त्र, स्वायत्त र सक्षम मिडिया काउन्सिल स्थापना गरिनुपर्छ’ विज्ञप्तिमा लेखिएको छ,‘सरोकारवाला पक्षसँग पर्याप्त छलफल र समझदारी गरी आवश्यक संशोधन गरेर मात्र विधेयक अगाडि बढाइनु पर्छ ।’  सरोकारवालाको सहमति बेगर विधेयक ल्याइए आन्दोलनमा जाने चेतावनी उनीहरूले दिएका छन् ।

विवादित प्रावधान के–के छन् ?

तुलनात्मक रुपमा स्वतन्त्र र स्वायत्त प्रकृतिको प्रेस काउन्सिललाई अझै कमजोर बनाई आफ्नो पकडमा राख्ने उद्देश्यले मिडिया काउन्सिल विधेयक अघि बढेको देखिन्छ ।

काउन्सिलको अध्यक्ष र सदस्य नियुक्तिको विषय होस् वा हटाउनेसम्बन्धी प्रस्तावित प्रावधान होस् । मिडिया अनुगमन गर्ने निकायलाई सरकारले जसरी पनि आफ्नो अधिनमा राख्ने नियत राखेको देखिन्छ- विष्णु निष्ठुरी, पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघ

मिडिया काउन्सिल गठनदेखि त्यसको संरचनागत व्यवस्थामा सरकार हावी हुन खोजेको देखिन्छ । प्रेस काउन्सिलमा पनि अध्यक्ष र केही सदस्यहरु सरकारले नियुक्ति गर्‍थ्यो, तर सोझै सरकारको उपस्थिति थिएन । मिडिया काउन्सिल विधेयकमा भने सञ्चार मन्त्रालयले तोकेको सहसचिव नै सदस्य बन्ने परिकल्पना छ ।

त्यति मात्रै होइन, अध्यक्ष र सदस्यको सिफारिसका लागि मन्त्रालयका सचिवको नेतृत्वमा एकजना विज्ञ र सहसचिव समेत रहेको तीन सदस्यीय समिति बन्ने परिकल्पना छ । विज्ञको रुपमा नियुक्त हुने व्यक्तिलाई समेत सरकारले आफ्नो अनुकूल चयन गर्ने सम्भावना छ ।

तीन सदस्यीय समितिमा सचिव र सहसचिव समितिमा रहने भएपछि सरकारले चाहेको बाहेक अर्को व्यक्ति काउन्सिलको अध्यक्ष एवं सदस्य हुन पाउने छैन ।

मन्त्रालयको सचिव नेतृत्वको समितिले मन्त्रीको इच्छा विपरीतको सिफारिस गर्न नसक्ने र अन्तत: मिडिया काउन्सिल सरकार मातहतको निकायमा रुपान्तरित हुने भनी चौतर्फी आलोचना भएको छ ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरी सरकार मिडिया काउन्सिलमार्फत प्रेस नियन्त्रणको प्रयास रहेको प्रस्तावित विधेयकले देखाएको बताउँछन् । उनी भन्छन्, ‘काउन्सिलको अध्यक्ष र सदस्य नियुक्तिको विषय होस् वा हटाउनेसम्बन्धी प्रस्तावित प्रावधान होस् । मिडिया अनुगमन गर्ने निकायलाई सरकारले जसरी पनि आफ्नो अधिनमा राख्ने नियत राखेको देखिन्छ ।’

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल प्रस्तावित विधेयकमा भएका कैयौं प्रावधानमा महासंघको सहमति नभएको बताउँछन् । खासगरी सिफारिस समितिको व्यवस्थाबारे पत्रकार महासंघको गम्भिर विमति रहेको उनको भनाइ छ । ‘हामीले त्यो विषयमा सार्वजनिक रुपमा विमति जनाइसकेका छौं, कार्यवाहक जिम्मेवारी र काउन्सिलमा मन्त्रालयको सहसचिवको प्रतिनिधित्व पनि उचित होइन’ उनी भन्छन्, ‘हामीले अरु विषयमा पनि अध्ययन गरिरहेका छौं । हामीले बुँदागत रुपमा नै संसदीय समितिलाई सुझाव पठाउने तयारी गरेका छौं ।’

न्यायाधीश सरहको पदको नियुक्तिका लागि सचिव नेतृत्वको सिफारिस समिति

मिडिया काउन्सिल विधेयकमा अध्यक्षलाई न्यायाधीश सरहको पद मानेको देखिन्छ । विधेयकमा ‘सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको वा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक उपाधि हासिल गरेको र पत्रकारितामा कम्तिमा १५ वर्षको अनुभव रहेको’ व्यक्ति अध्यक्ष हुनसक्ने उल्लेख छ ।

यसअघि अध्यक्ष हुनका लागि न्यायक्षेत्रको व्यक्तिको योग्यता तोकेको भएपनि पत्रकारिता क्षेत्रबाट हुने नियुक्तिमा भने योग्यता तोकेको थिएन । यसपालि स्पष्ट रुपमा १५ वर्षको अनुभव तोकेको देखिन्छ । तर सर्वोच्च अदालतको न्यायाधीशको योग्यता पुगेको व्यक्तिको सिफारिस गर्ने समितिको नेतृत्व भने सञ्चार मन्त्रालयको सचिवले गर्नेछन् ।

पत्रकार महासंघका पूर्वअध्यक्ष निष्ठुरीका अनुसार, मन्त्रालयको सचिवस्तरको कर्मचारीले सिफारिस गरेको व्यक्तिले मिडिया काउन्सिलको नेतृत्व गरेर स्वतन्त्र रुपमा सञ्चारमाध्यमहरुको अनुगमन गर्ने अवस्थाको कल्पना गर्न सकिँदैन । ‘मिडिया काउन्सिल विधेयक हेर्दा पुरै सरकार अधिनस्थ निकाय बनाउन खोजेको जस्तो देखिन्छ’ उनी भन्छन्, ‘सञ्चार मन्त्रालयका सचिव अन्तर्गत रहेर मिडिया काउन्सिलको अध्यक्षले काम गर्ने जस्तो देखियो । यसले मिडियाबारे स्वतन्त्र रुपमा अनुगमन हुन्छ भन्ने विषय आफैँमा खण्डित गर्दछ ।’

सञ्चार र सूचना प्रविधि कानुनका जानकार अधिवक्ता बाबुराम अर्याल कुनै पनि संस्थाको गठन प्रक्रियाले त्यसको स्वतन्त्रता र स्वायत्तता निर्धारण हुने बताउँछन् । मिडिया काउन्सिल विधेयकमा तल्लो ओहोदा(सचिव) सरहको व्यक्तिले उच्च अदालतको न्यायाधीश सरहको व्यक्तिको सिफारिस गर्नै नसक्ने उनी बताउँछन् ।

‘यदि पूर्वाग्रही र निर्देशित रुपमा संस्था गठन हुन्छ भने भोलि त्यसले स्वतन्त्र रुपमा काम गर्न सक्दैन’ उनी भन्छन्, ‘काउन्सिलको अध्यक्ष अनुपस्थित हुँदा सरकारले तोकेको प्रतिनिधिले संयोजन गर्ने व्यवस्था राख्नु काउन्सिललाई सरकार मातहत राख्ने प्रयास हो । भोलि यसले नै काउन्सिलको कार्यशैलीलाई निर्देशित गर्छ र स्वतन्त्र हुनै दिँदैन ।’

प्रेस काउन्सिल ऐनमा पदाधिकारीहरु पदमुक्त हुने व्यवस्था नभएकोमा मिडिया काउन्सिल विधेयकमा पदमुक्त हुने परिकल्पना छ । त्यसका लागि उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा दुई जना विज्ञ रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन गर्नुपर्नेछ ।

क्षतिपूर्तिको व्यवस्था

प्रेस काउन्सिलले पत्रकारको पेशागत आचरणको अनुगमन मात्रै गर्ने जिम्मेवारी रहेकोमा त्यसलाई फराकिलो बनाएर मिडिया काउन्सिल विधेयकमा सञ्चारमाध्यमहरुको दर्ता पनि काउन्सिलमा हुने व्यवस्था प्रस्ताव छ ।

सरकार यससम्बन्धी अवधारणामा नै स्पष्ट नभएको देखिन्छ, किनभने केही दिनअघि राजपत्रमा प्रकाशित छापाखाना तथा पत्रपत्रिका सम्बन्धी ऐनमा जिल्ला प्रशासन कार्यालयहरुमा समेत अनलाईन दर्ताको व्यवस्था थपिएको थियो ।

पूर्वअध्यक्ष निष्ठुरी कतै राजनीतिक दलहरू एक ठाँउमा उभिएर विधेयक पारित गर्न तयार हुन्छन् कि भन्ने आशंका बढेको बताउँछन् ।

एआई उदयले पत्रकारितामा नयाँ अवसर र चुनौती दुवै सिर्जना गरेको छ। तर, विधेयकले भविष्यको यो प्राविधिक चुनौतीलाई सम्बोधन गर्न कुनै दृष्टिकोण प्रस्तुत गरेको छैन ।

‘कुनै पनि राजनीतिक दलहरू स्वतन्त्र र आलोचनात्मक चेत भएको प्रेसलाई अगाडि बढ्न जान दिने पक्षमा छैनन्’ उनी भन्छन्, ‘निरकुंश व्यवस्थामा के थियो त्यो भोगियो । अहिलेको लोकतान्त्रिक व्यवस्थमा पनि स्वतन्त्र रुपमा अघि बढाउन चाहेको देखिन्न ।’

अब मिडिया काउन्सिलले पत्रकारहरुलाई प्रेस प्रतिनिधि प्रमाणपत्र समेत जारी गर्नेछ, अनि आचारसंहिताको उल्लंघन गरेमा निलम्बन गर्नसक्नेसम्मको प्रावधान विधेयकमा छ ।

विधेयकको दफा २२ मा क्षतिपूर्तिको व्यवस्था छ, जब कि त्यो व्यवस्था मुलुकी देवानी संहिता ऐनमा नै थियो । सञ्चारमाध्यमबाट कुनै व्यक्तिको गालीबेइज्जती भए देवानी प्रक्रिया अनुसार क्षतिपूर्ति माग्ने व्यवस्था प्रचलित कानूनमा विद्यमान भएकै अवस्थामा सञ्चारमाध्यम नियमन गर्ने कानुनमा समेत त्यही व्यवस्था थप्न खोजेको देखिन्छ ।

हाल अभ्यासमा रहेको प्रेस काउन्सिल भन्दा पनि कमजोर बनाएर मिडिया काउन्सिल स्थापना गर्ने स्वार्थले समाजको हित गर्न नसक्ने निष्ठुरीको भनाइ छ । ‘अहिलेको प्रेस काउन्सिलको संरचना भन्दा झन् कमजोर बनाएर मिडिया काउन्सिल बनाउन खोजिएको छ । यदि सरकारले ल्याएको विधेयक भनेर ऐनमा रुपान्तरित गरियो भने स्वतन्त्र पत्रकारिता, मर्यादामा अगाडि बढ्न अवरोध सिर्जना हुन्छ ।’

विधेयकले डिजिटल मिडियाको उपेक्षा गरेको भन्दै त्यसमा पनि प्रश्न उठेको छ ।

विधेयकले सामाजिक सन्जाललाई सञ्चार संस्थाको रुपमा राखेको भएपनि सामाजिक सञ्जाललाई आफ्नो कार्यक्षेत्रबाट बाहिर राखेको छ। फेसबुक, युट्युब जस्ता प्लेटफर्महरू समाचारका प्रमुख स्रोत बनिरहेका बेला, गलत सूचना र घृणायुक्त अभिव्यक्तिको नियमन कसरी गर्ने भन्नेमा विधेयक मौन छ।

एआई उदयले पत्रकारितामा नयाँ अवसर र चुनौती दुवै सिर्जना गरेको छ। तर, विधेयकले भविष्यको यो प्राविधिक चुनौतीलाई सम्बोधन गर्न कुनै दृष्टिकोण प्रस्तुत गरेको छैन ।

प्रतिशोध साँध्ने हतियार बन्ने जोखिम

मिडिया काउन्सिल विधेयकमा समावेश गरिएका केही प्रावधान सञ्चार गृहका सञ्चालकहरूका लागि थप अव्यावहारिक, आपत्तिजनक र प्रतिशोध साँध्ने हतियार बन्न सक्ने जोखिम पनि उत्तिकै छ । त्यसप्रति मिडिया सञ्चालकहरु चिन्तत छन् । सञ्चार गृहका सञ्चालकको अन्य व्यवसायको विवरण खुलाउनुपर्ने र त्यो मिडिया काउन्सिलमा बुझाउनुपर्ने प्रावधानलाई उनीहरुले प्रेसलाई नियन्त्रण गर्ने अप्रत्यक्ष तर खतरनाक रणनीतिको रुपमा बुझेका छन् ।

नेपालको कानुन अनुसार चलिरहेका अन्य व्यावसायको विवरण समेत काउन्सिललाई बुझाउनुपर्ने व्यवस्था अत्यन्त अव्यावहारिक, जटिल छ । कर्पोरेट संरचनामा मालिक को हो भनेर किटान गर्न अत्यन्तै जटिल छ। यो प्रावधान पब्लिक लिमिटेड कम्पनीका हजारौं सेयरधनीहरूमा पनि लागू हुन्छ कि हुन्न भन्ने प्रश्न उत्तिकै छ ।

होल्डिङ कम्पनीहरू र क्रस–लगानीको जालोमा जेलिएको व्यावसायिक संरचनामा कुन लगानीलाई कसरी प्रस्तुत गर्ने ? भन्ने प्रश्न छ । यस्तो प्रावधान राखिए आलोचना गर्ने मिडियाका व्यवस्थापकका अन्य लगानीमा निशाना साँध्ने जोखिम हुन्छ ।  सरोकारवालाका यावत् प्रश्नहरुको निरुपण नगरी विधेयक अघि बढाउने कोसिस भइरहेको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको उपसमितिमा एमाले सांसद दीपा शर्माको संयोजकत्वमा गठित सात सदस्यीय उपसमितिमा ज्ञानु बस्नेत सुवेदी, डा. तोसिमा कार्की, विनिताकुमारी सिंह, महेन्द्रकुमार राय, प्रभु हजारा र लीलादेवी लिम्बु सदस्य छन् ।

सामान्यतया विधेयकमाथिको दफावार छलफल मूल समितिमै हुने गरेको छ । मूल समितिमा संशोधनकर्ता सांसदहरूको कुरा सुनेपछि समितिका सबै सदस्य मिलेर दफावार छलफल गर्ने अनि थप केही मिलाउनु परेमा उपसमिति गठन गर्ने अभ्यास छ ।

तर, त्यस्तो अभ्यास तोडेर पछिल्लो समय विधेयकमाथिको दफावार छलफल गर्न नै उपसमिति गठन भएको देखिन्छ । उपसमितिका बैठक प्रायजसो खुला हुँदैनन् । मिडिया काउन्सिल विधेयकमाथिको छलफल पनि बन्द कोठामा गर्ने उपसमितिको तयारी छ ।

उपसमितिलाई काम सुरु गरेको १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश छ । समिति गठन भएको ९ दिनसम्म पनि उपसमितिमा विधेयकमाथि छलफल सुरु हुन सकेको छैन ।

उपसमितिकी संयोजक शर्मा विद्यालय शिक्षा विधेयकमा व्यस्त भएकाले उपसमितिले काम सुरु गर्न ढिला भएको बताउँछिन् । केही दिनमा नै उपसमितिले आफ्नो जिम्मेवारी पूरा गर्ने संयोजक शर्माको प्रतिक्रिया छ ।

जमानतमा छुट्न रविले जिल्ला अदालतमा पेश गरेका तीन तर्क

६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारी ठगी मुद्दामा आफूमाथि हुनसक्ने विगो बराबरको रकम बैंक ग्यारेन्टी राख्दै थुनामुक्त हुन पाउनुपर्ने माग राखी दिएको निवेदनमाथि जिल्ला अदालत रुपन्देहीमा सोमबार छलफल हुँदैछ ।

हालसम्मको अभ्यासमा सर्वोच्च अदालतले थुनामा पठाउन आदेश दिएको व्यक्तिलाई मुद्दाको अन्तिम फैसलामा बाहेक फेरि अर्को निवेदनबाट थुनामुक्त गरेको उदाहरण विरलै भेटिन्छ ।

बुटबलको सुप्रिम सहकारीको रकम गैरकानूनी रुपमा गोर्खा मिडिया प्रा.लि.मा ल्याएको आरोप खेपेका लामिछानेले १२ पेज लामो निवेदनमा तीनवटा विषयहरु मुख्य रुपमा उठाएका छन् ।

पहिलो, भैरहवास्थित कारागारको अवस्था अत्यन्त दयनीय र कष्टकर रहेको तथा आफूलाई कारागार स्थानान्तरण गर्नुपर्ने माग पनि सम्बोधन नभएको भन्दै उनले जमानतमा छुट्न माग गरेका छन् ।

दोस्रो, राज्यले आफूविरुद्ध बदनियतपूर्वक मुद्दा चलाएको भन्दै उनले मुद्दामा आफूविरुद्ध प्रमाण नै नभएकाले थुनामुक्त हुनुपर्ने भनेका छन् ।

त्यसका साथसाथै सहकारी ठगीको मुद्दामा मिलापत्रको व्यवस्था समेत रहेको भन्दै उनले आफूलाई हुनसक्ने अधिकतम विगो बापतको रकम पहिले नै बुझाउन तयार गरेको भन्दै कैदमुक्त गरिदिन माग गरेका छन् ।

‘कारागारमा कष्ट भयो’

भैरहवा कारागारमा आफूलाई अमानवीय रुपमा राखिएको भन्दै उनले निवेदनमा भनेका छन्–‘झ्यालहरूमा काठ ठोकिएको छ । हावा कतैबाट पास हुने ठाउँ छैन । चौबिसै घण्टा बत्ती नबाली पर्याप्त उज्यालो छिर्दैन । छत चिसिन कम्तीमा रातको ११/१२ बज्नुपर्छ । लुगा लगाएर बन्द कोठमा कोही ३० मिनेट टिक्न सक्दैन । यो जेल होइन अर्को गोलघर हो ।’

सरकारले आफूलाई भैरहवा कारागारमा नै सडाउन चाहेको भन्दै उनले ४२ डिग्री सेल्सियस तातो ठाउँमा आफूलाई त्यो बन्दीगृह मध्ययुगिन यातनागृहभन्दा कम नभएको बताएका छन् ।

बिजुलीको पंखा नभएको बेलामा कारागारमा बस्नै नसकिने भन्दै उनले भैरहवामा बारम्बार बिजुली जाँदा आफू समस्यामा परेको बताएका छन् । आफू यो अवस्थामा पुग्दा पनि कसैले वास्ता नगरेको भन्दै उनले मानव अधिकारवादी संस्था, मानव अधिकार आयोग लगायतप्रति आफ्नो विश्वास टुटेको जिकिर गरेका छन् ।

‘मविरुद्ध प्रमाण नै छैन’

नक्कली ऋण कागजात खडा गरी आफूलाई राजनीतिक रुपमा फसाउन खोजिएको भन्दै उनले आफूविरुद्ध कुनै प्रमाण नभएको जिकिर गरेका छन् । आफूले बुटवलको सुप्रिम सहकारीबाट कुनै रकम अपचलन नगरेको जिकिर गरेका छन् ।

सहकारीको सञ्चालक, शेयरधनी, बचतकर्ता, कर्मचारी वा कुनै निर्णय भूमिकामा आफू नभएको भन्दै उनले आफूमाथि राज्यले गरेको प्रतिशोधका कारण सुप्रिम सहकारीका बचतकर्ताहरुले एक रुपैयाँ पनि फिर्ता पाउने अवस्था नभएको जिकिर गरेका छन् । उनले निवेदनमा भनेका छन्, ‘प्रस्तुत मुद्दामा मागदाबी गरिएको भनिएको रकम प्रमाण तथ्य र जाहेरवालाहरूको निवेदनमै उल्लेख गरेको रकम बीच कुनै तारतम्य मिल्दैन ।’

फौजदारी अभियोग लागेका कतिपय व्यक्तिहरु नक्कली बिरामी बनेर उम्किन खोजेको, कतिपयहरु कानूनी छिद्रहरुको प्रयोग गरेको भन्दै उनले आफूले निरन्तर न्यायिक प्रक्रियामा सहयोग गरिरहेको जिकिर गरेका हुन् ।

उनले निवेदनमा भनेका छन्, ‘कम्पनी (गोर्खा मिडिया)मा आएको रकममा मात्र जिम्मेवार बनाउनुपर्नेमा सहकारी ठगी र संगठित अपराध जस्ता झुट्टा मुद्दा लगाइयो । एकै ठाउँबाट केन्द्रिकृत मुद्दा चलाउनुपर्नेमा थप दु:ख र हैरानी दिन पाँच जिल्लामा छुट्टाछुटै मुद्दा चलाइयो । नेपालको इतिहासमा यस किसिमबाट अनुसन्धान कहिल्यै भएको थिएन ।’

‘बिगो बुझाउँछु, छुट्न पाउँ’

आफू सुप्रिम सहकारीमा भएको अपचलनको कुनै प्रक्रियामा संलग्न नभएको दावी दोहोर्‍याउँदै पूर्वगृहमन्त्री लामिछानेले तर आफ्नो हकमा आकर्षित हुनसक्ने बिगो रकम बैंक ग्यारेन्टीमार्फत बुझाउने बताएका छन् ।

नक्कली कागजातका आधारमा ऋण लिएको आरोपमा आफू लगायत सबै आरोपितहरुमाथि १० करोड ९९ लाख रुपैयाँ विगो मागदावी भएको भन्दै उनले जिल्ला अदालत रुपन्देहीमा २ करोड ७४ लाख रुपैयाँको बैंक ग्यारेन्टी बनाएका छन् ।

आफ्ना शुभचिन्तक, आफन्त र शुभेच्छुकहरुबाट अग्रिम रुपमा २ करोड ७४ लाख रुपैयाँ प्राप्त हुन आएको भनी उनले निवेदनमा उल्लेख गरेका छन् । तर अदालतमा पेश गरेको निवेदनपत्रमा शंकरप्रसाद श्रेष्ठ, रामानन्द घिमिरे र मनोहर प्रधानले जमानत दिएको उल्लेख छ ।

निवेदनमा भएको व्यहोरा अनुसार श्रेष्ठले डेढ करोड, घिमिरेले ९४ लाख ८४ हजार र प्रधानले ३० लाख जमानत दिएका हुन् । उनले निवेदनमा भनेका छन्, ‘मेरो हकमा मागदाबी गरिएको बिगो रकम बैंक ग्यारेन्टी मार्फत प्रस्तुत सहकारी ठगी मुद्दामा बिगो दावीबाट समेत छुटकारा दिलाई पाउँ ।’

सहकारी पीडितहरुले छिटोभन्दा छिटो न्याय पाउनुपर्छ भन्नेमा आफू स्पष्ट रहेको भन्दै उनले सहकारी ऐन, २०७४ को संशोधनमा भएको मिलापत्रको व्यवस्था समेत आफ्नो हकमा कार्यान्वयन हुनुपर्ने जिकिर गरेका छन् ।

उनले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा ६८, ६९ र ७१ उद्धृत गर्दै निवेदनमा भनेका छन्, ‘संगठित अपराध सम्बन्धी कसुरको असान्दर्भिक एवम् कुट्टा अभियोग दावीको हकमा साधारण तारिखमा रही मुद्दाको पुर्पक्ष गर्ने गरी आदेश गरीपाउँ ।’

दरबन्दी प्रस्ताव अड्काएर स्वास्थ्य सेवा धराशायी बनाउँदै सरकार

२३ साउन, काठमाडौं । संघीय सरकारले आफ्नै मातहतका केन्द्रीय अस्पतालमा स्थायी दरबन्दी परिपूर्ति गर्न सकेको छैन । दरबन्दी थपका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले तीनपटकसम्म मन्त्रिपरिषद्‍मा लगेको प्रस्तावसमेत त्यत्तिकै अड्किएको छ ।

सरकारकै मातहतका ठूला अस्पतालहरू लामो समयदेखि करार जनशक्तिबाट चलाउँदा देशकै स्वास्थ्य सेवा धराशायी बन्ने खतरा बढेको छ ।

अहिलेसम्म संघीय सरकारले करोडौं रुपैयाँ तलब भत्ता दिँदै करारमा कर्मचारी राखिरहे पनि स्थायित्व दिन सकिरहेको छैन । यसले सरकार स्वास्थ्य प्रणालीलाई दिगो बनाउन इच्छुक छैन भन्ने प्रष्ट संकेत गर्छ ।

स्थायी दरबन्दीमा लोकसेवाबाट प्रतिस्पर्धा गरेर आएका कर्मचारी सेवामुलक दृष्टिकोणले बलियो बन्ने र स्थायित्व महसुस गर्ने भएकाले विदेश जान पनि चाहँदैनन् । यसकारण स्वास्थ्य संस्थामा स्थायित्व र गुणस्तर कायम गर्न स्थायी दरबन्दी अनिवार्य मानिन्छ ।

तर, अहिलेसम्म तीन दशक अगाडिकै जनशक्तिका आधारमा सरकारी स्वास्थ्य संस्थाले सेवा दिनुपर्ने बाध्यता छ । न्यून दरबन्दी र त्यसमाथि पनि रिक्त दरबन्दी हुँदा नागरिक गुणस्तरीय सेवा पाउनबाट वञ्चित छन् ।

हाल देशभर संघीय तहमा जम्मा २ हजार ६०० स्वास्थ्यकर्मी कार्यरत छन्, जुन संख्या अत्यन्तै न्यून हो । स्वास्थ्य मन्त्रालयमा दरबन्दीको अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट (ओएनएम) प्रणाली २०४८ सालदेखि अद्यावधिक भएको छैन ।

अधिकांश स्वास्थ्यमन्त्री पदभार ग्रहण गर्दा स्वास्थ्यको दबरन्दी बढाउन केन्द्रित हुने प्रतिबद्धता गर्छन् । कतिपयले स्वास्थ्य संस्थाहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) पनि गर्छन् । जुन प्रस्ताव अर्थमन्त्रालयसम्म पुग्छ । तर विभिन्न बहानामा उक्त प्रस्ताव अगाडि नै बढ्दैन ।

यसको पछिल्लो उदाहरण हो- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दरबन्दी थपमा खेपेको सास्ती ।

दरबन्दी थपका लागि स्वास्थ्यमन्त्री पौडेलले तीनपटक मन्त्रिपरिषद्मा लगेको प्रस्ताव अन्ततः सैद्धान्तिक सहमतिमा मात्र सीमित भएको छ ।

स्वास्थ्य मन्त्रालयले गत मंसिरमा करिब १५ हजार दरबन्दीको ओएनएम (संगठनात्मक संरचना) प्रस्ताव पेस गरेको थियो । तर अर्थ, कानुन र सामान्य प्रशासन मन्त्रालयको सहमति नपाएर फिर्ता भयो ।

दोस्रोपटक पनि यस्तै अवस्था दोहोरियो । अर्थ मन्त्रालयसहित सरोकारवाला निकायले उक्त प्रस्ताव व्यावहारिक नठहर्‍याएपछि दोस्रोपटक परिमार्जनसहितको प्रस्ताव पुनः मन्त्रिपरिषद्मा पेस गरिएको थियो ।

तर, त्यो पनि स्वीकृत हुन सकेन । अन्ततः तेस्रोपटक साढे १२ हजार दरबन्दीमा सीमित प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा लाँदा मात्रै सैद्धान्तिक स्वीकृति मिल्यो । त्यसमा पनि अर्थमन्त्रालयले योजना अस्पष्ट भएको भन्दै ६ वटा प्रश्नसहित फिर्ता पठायो । ती प्रश्नमा भ्यालीबाहिर जनशक्ति कसरी तान्ने, अस्थायी, ज्यालादारी वा करार जनशक्तिको समस्या कसरी समाधान गर्ने, विकास समितिमार्फत खर्च भइरहेको जनशक्ति कसरी न्यूनीकरण गर्नेजस्ता विषय समेटिएका थिए ।

मन्त्रालयले ती प्रश्नको जवाफ दिएर योजना संशोधित गरी फेरि पठायो । तर फेरि पनि अर्थमन्त्रालयबाट बजेट स्वीकृति रोकिएको छ ।

छलफलमै बित्यो समय

स्वास्थ्यमन्त्रालयले ओएनएमका लागि उच्चस्तरीय समिति बनाएको थियो, जसमा सामान्य प्रशासन र अर्थमन्त्रालयका प्रतिनिधि पनि सहभागी थिए । उक्त समितिले गत तीन महिनाको अन्तर्क्रियापछि संघ अन्तर्गतका अस्पतालमा आवश्यक पर्ने संरचना र जनशक्तिबारे प्रतिवेदन तयार पारेको थियो ।

९ साउन, काठमाडौं । ‘ल अब ग्रुपको सबैले पूरा पैसा तिर्ने

९ साउन, काठमाडौं । ‘ल अब ग्रुपको सबैले पूरा पैसा तिर्ने ! यही पर्खालको पारिपट्टि अमेरिका छ,’ मेक्सिकोमा एजेन्टले अन्तिम गन्तव्यमा पुग्न लागेको संकेत दिँदा दाङका सन्देश (२७) मुसुक्क हाँसे ।

चारजना नेपाली र ९ जना टर्किस नागरिकसहित १३ जनाको समूह लामो समयपछि यसरी मुस्कुराएको थियो । यद्यपि, त्यो लामो समय टिक्नेवाला थिएन ।

राति करिब १२ बजेको थियो, जतिबेला सन्देश मेक्सिको र दक्षिण अमेरिकाको सीमा क्षेत्रमा पुगेका थिए । ‘त्यहाँ पुर्‍याएर पारि कट्न सेटिङ मिलाउनुपर्छ भन्दै पैसा मागिरहेको थियो,’ उनले सम्झिए, ‘पहिले अरूसँग बुझेका बेला पनि मेक्सिको पुगेपछि सबै पैसा लिन्छ भनेका थिए ।’

यो यात्रा पूरा गर्न ७० लाख रुपैयाँ लाग्ने उनलाई भनिएको थियो । त्यसमध्ये थोरै रकम मात्र बुझाउन बाँकी थियो । तर एजेन्टले समूहमा भएका कोही एकजनाको पैसा पूरा आएन भने पनि सबैको यात्रा रोकिन्छ भनेर डर देखाइरहेका थिए ।

सायद एजेन्टको पैसा उठाउने त्यही शैलीका कारण उनीहरूलाई सीमा क्षेत्रबाट ३० किलोमिटर वर एउटा होस्टलमा राखिएको थियो । ‘एजेन्टहरूको पनि टार्गेट हुँदो हो, हप्तामा कति जनालाई कटाउने भन्ने । बेलुका आउँदै अरू समूहका कतिपयलाई लैजाँदै पनि गरिरहेको थियो,’ उनले सुनाए, ‘हामीलाई चाहिँ त्यहीँ अड्काइरह्यो ।’

त्यो होस्टलमा बसेकाजति सबै विभिन्न मुलुकबाट अमेरिका छिर्न डंकी रुट प्रयोग गरेर हिँडेका अवैध आप्रवासी थिए । ‘विभिन्न देशका मान्छेहरू छुट्टाछुट्टै समूहमा बसेका थिए, हामी नेपालीहरू छुट्टै खाना बनाएर खान्थ्यौं,’ सन्देश सम्झन्छन्, ‘करिब डेढ महिना त्यसरी बसेपछि बल्ल अमेरिका प्रवेश गर्ने पालो आएको जानकारी दिइयो ।’

त्योबीचमा उनले सबै रकम बुझाइसकेका थिए । उनका साथीहरूले समेत जम्मा गरिदिइसकेको खबर उनीहरूलाई दिइएको थियो ।

भर्‍याङबाट अग्लो पर्खाल चढ्न भने त्यति सहज पनि थिएन । ‘पालैपालो हामीलाई त्यसबाट चढाउन थालियो, पारिपट्टि डोरी हुन्छ भनिएको थियो,’ उनले सुनाए, ‘दुईजना पछाडि मेरो पालो आयो, म तलपट्टि आँखा हेर्दै नहेरी माथि पुगेँ ।’

सन्देशले पहिले सुनेका थिए, मेक्सिको सीमाबाट कतिपयलाई जंगलको बाटो हुँदै राति कटाइदिन्छन् । फिल्महरूमा पनि त्यस्तै देखेका थिए । तर सन्देशसहितको समूहलाई चाहिँ एजेन्टले दिउँसै अमेरिकी सीमा कटाउने भए ।

‘होस्टलबाट त एकाबिहानै निकालेको थियो, गाडीमा बोर्डरै बोर्डर ६/७ घन्टासम्म हिँडायो,’ उनले सुनाए, ‘त्यसपछि एउटा अग्लो पर्खाल अगाडि लगेर रोक्यो ।’

उनका अनुसार, अमेरिका-मेक्सिको सीमामा लगभग दुई/तीन तलाको घरजत्तिको अग्लो पर्खाल थियो ।

उनले पहिल्यै सुनेका थिए, सीमामा पर्खाल नाघेर अमेरिकातिर जाने हो । तर त्यसलाई देख्ने वित्तिकै उनलाई लाग्यो, ‘यत्रो पर्खाल कसरी नाघ्ने ?’

‘जोकोहीलाई त्यो चढ्नुपर्ने भनेर देख्दा सुरुमा जिरिङ्ग हुन्छ’, उनले सुनाए, ‘तर, केही अगाडि एजेन्टहरूले पर्खाल चढ्नलाई भर्‍याङ राखेका रहेछन् ।’

उनका अनुसार, भर्‍याङबाट अग्लो पर्खाल चढ्न भने त्यति सहज पनि थिएन । ‘पालैपालो हामीलाई त्यसबाट चढाउन थालियो, पारिपट्टि डोरी हुन्छ भनिएको थियो,’ उनले सुनाए, ‘दुईजना पछाडि मेरो पालो आयो, म तलपट्टि आँखा हेर्दै नहेरी माथि पुगेँ ।’

अर्कोतर्फ एउटा लामो डोरी राखिएको थियो, जहाँ झुण्डिएर तल झर्नुपर्ने थियो । अहिले उनलाई लाग्छ, त्यो कुनै मोबाइल गेमको दृश्यभन्दा कम थिएन ।

यो यस्तो ठाउँ हो, जहाँ छँदा एक-एक सेकेन्डको पनि महत्व ज्यादै हुन्छ । किनकि, अमेरिकी बोर्डर पट्रोल टोली जतिबेलै सीमा क्षेत्र वरिपरि घुमिरहेको हुन्छ, जतिसुकै बेला पक्राउ पर्न सकिने सम्भावना हुन्छ ।

धेरैतिर क्लोज सर्किट (सीसी) टिभी क्यामरा पनि हुन्छ । तर एजेन्टहरूले यो समूहलाई ‘ब्लाइन्ड स्पट’ (सीसी टिभीको कभरेज नहुने ठाउँ) बाट छिराएका थिए ।

‘जसोतसो डोरीमा झुण्डिएर तल झरेँ, केहीबेर पछाडि आउँदै गरेका नेपाली साथीलाई पनि पर्खिएँ’, उनले सम्झिए, ‘थोरै अगाडि बढ्ने वित्तिकै तीनतिर जाने बाटो थियो ।’

पर्खालबाट तल झर्दा त्यहाँ चालचुल थिएन । तर कुन बाटो हुँदै अघि बढ्ने होला भनेर सोच्दासोच्दै पट्रोल टोली आइपुगिहाल्यो ।

‘अगाडि जंगल थियो, त्यहाँ पनि छिर्न नपाउँदै झ्याप्पै समातिहाल्यो,’ उनले त्यो दिन सम्झिए, ‘समात्ने वित्तिकै तस्वीर खिच्यो र केही दूरीमा रहेको फस्ट क्याम्पमा राख्यो ।’

यसरी अमेरिका प्रवेश गर्नुअगावै उनीहरूले राहदानीसहित सबै कागजात फ्याँकिसकेका थिए । सोधपुछमा उनीहरूले मौखिक रूपमा आफ्नो विवरणहरू दिए । त्यसपछि दक्षिण क्यालिफोर्नियाको सान्डियागो शहरमा रहेको डिटेन्सन सेन्टरमा उनलाई ५ दिन जति राखियो । पछि अर्को सेन्टरमा लगेर २ महिना थुनामा राखियो । र, अन्तिममा डिपोर्ट गर्ने आदेश अध्यागमनका अधिकारीहरूले सुनाए ।

कांग्रेसका शीर्ष चार नेताको बैठकमा के के भए निर्णय ?

२३ साउन, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन् ।

सभापति देउवा निवास बुढानीलकण्ठमा बैठकमा सहभागी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार भ्रातृ संस्थाको अधिवेशनका लागि कार्यादेश पारित गरिएको छ । तदर्थ समितिमा रहेका भ्रातृ संस्थाहरुको अधिवेशन गर्नका लागि महामन्त्री विश्वप्रकाश शर्माले तयार गरेको कार्यादेशमा शीर्ष नेतामा सहमति जुटेको छ ।

आज पारित भएको कार्यादेश अनुसार पार्टीबाट गठित निर्देशक समितिले भ्रातृ संस्थाको अधिवेशन गराउने छ । मुख्य सचिव पौडेलले भने,‘निर्देशक समितिलाई टिओआर दिने पार्टी केन्द्रीय समितिले निर्णय गरेको थियो । त्यसैमा हामी छलफल गर्‍यौं । टिओआर फाइनल भयो ।

बैठकमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादन निर्देशिका पनि छलफल भएको थियो । निर्देशिकालाई परिमार्जन सहित पारित गरिएको मुख्य सचिव पौडेलले जानकारी गराए । भ्रातृ संस्था र जनप्रतिनिधि कार्यसम्पादन निर्देशिकाका पारित गर्न तीन घण्टा बढी समय लागेको पौडेलले जानकारी गराए ।

बैठकमा रुपन्देही–३ को उपनिर्वाचनका विषयमा सामान्य छलफल भएको थियो ।

आइजिन विवाद : ७० लाख लगानीकर्ता र ४७ खर्बको पूँजीबजार अब कुन बाटोमा ?

नेपालको पूँजीबजारलाई नियममा आधारित र पारदर्शी बनाउने प्रयास सह्रानीय भए पनि कुनै नीतिगत परिवर्तन गर्दा यसले बजारमा पार्ने दूरगामी असर र लाखौं साना लगानीकर्ताको लगानीको सुरक्षामाथि पनि विशेष ध्यान दिनु आवश्यक छ । नियामक निकायको नियत असल भए पनि त्यसको कार्यान्वयन र त्यसबाट सिर्जना हुने व्यावहारिक चुनौती नजरअन्दाज गर्न मिल्दैन ।

कल्पना गर्नुस्, तपाईंले दुई टुक्रा जग्गा किन्नुभयो । दुवै जग्गा हेर्दा उस्तै छन्, क्षेत्रफल पनि बराबर छ । तर, एउटा जग्गा यस्तो छ, जसलाई तपाईंले चाहेको बेला तुरुन्तै बेच्न सक्नुहुन्छ । अर्को जग्गामा भने एउटा यस्तो सर्त छ कि तपाईंले त्यसलाई तीन वर्षसम्म बेच्न पाउनुहुन्न । अहिले विवाद के हो भने, के यी दुई फरक–फरक सर्त भएका जग्गालाई सुरुदेखि नै दुई छुट्टाछुट्टै लालपुर्जा दिनुपर्छ वा एउटै लालपुर्जा दिएर त्यसमा ‘तीन वर्ष बेच्न नपाइने’ भनेर छाप लगाइदिए पुग्छ ?

हो, अहिले नेपालको ४७ खर्बभन्दा बढीको सेयर बजारमा चलिरहेको ‘आइजिन विवाद’ को सार यही हो । यहाँ जग्गा भनेको कम्पनीको ‘सेयर’ हो र लालपुर्जा भनेको सेयरलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने कोड ‘आइजिन’ (इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर) हो ।

यो विषय प्राविधिक जस्तो लागे पनि यसले तपाईंको र मेरो लगानीको भविष्य, देशको आर्थिक विकासको गति र अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई प्रत्यक्ष असर पार्छ । त्यसैले यो विवाद केही ठूला खेलाडी वा नियामक निकायको मात्र चासोको विषय नभएर करिब ७० लाख डिम्याट खाता खोलेर बसेका शिक्षक, कर्मचारी, विद्यार्थी, गृहिणी र विदेशमा पसिना बगाइरहेका लाखौं नेपालीको सपना र भविष्यसँग जोडिएको प्रश्न हो। यस लेखमा हामी यसै विवादको गहिराइमा पुग्दै यसको ऐतिहासिक जड, पक्ष–विपक्षका तर्क, तथ्यांक र सम्भावित समाधानको खोजी गर्नेछौं ।

नेपालको पूँजीबजार : अर्थतन्त्रको मेरुदण्ड

पछिल्लो एक दशकमा नेपालको पूँजीबजारले आफूलाई देशको अर्थतन्त्रको एक प्रमुख र अविभाज्य स्तम्भका रूपमा स्थापित गरेको छ । नेपालको सेयर बजारको कुल बजार पूँजीकरण आज देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) हाराहारी पुगेको छ । साउन २०८२ को तथ्यांक अनुसार नेपालको बजार पूँजीकरण करिब ४७ खर्ब रुपैयाँभन्दा माथि छ, जुन देशको अनुमानित ६१ खर्ब रुपैयाँको जीडीपीको लगभग ८० प्रतिशत हो ।

यसले लाखौं नेपालीको सम्पत्ति र देशको आर्थिक स्वास्थ्य एकअर्कासँग जोडिएको देखाउँछ । जलविद्युत् वा सिमेन्टजस्ता पूर्वाधार कम्पनीहरूले प्राथमिक सेयर (आईपीओ) मार्फत सर्वसाधारणबाट अर्बौं पूँजी संकलन गर्दा त्यसले देशको विकासमा प्रत्यक्ष योगदान पुर्‍याउँछ । यो बजार बैंकबाट ऋण लिने परम्परागत तरिकाको एक बलियो विकल्प बनेको छ, जसले नयाँ उद्योग र हजारौं रोजगारी सिर्जना गरेको छ ।

पोखरामा भेटिएका एकजना भारतीय नागरिकले उनलाई होटलमा वेटरको काम लगाइदिने भनेका थिए