कवाडी वैज्ञानिक मन्त्री’ पुनको नयाँ यात्रा : शिक्षामा कस्तो सुधार देखिएला?

काठमाडौं । मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोराले अमेरिकाविरुद्ध शानदार शतक प्रहार गरेका छन् । आज जारी अभ्यास खेलमा नेपाल ‘ए’ बाट खेलिरहेका जोराले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिँदै शतक प्रहार गरेका हुन् ।

मुलपानी क्रिकेट मैदानमा नेपालले पहिलो ब्याटिङ गरिरहेको छ । चौथो नम्बरमा आएका जोराले ११३ बलमा १११ रन बनाएर आउट भए । अघिल्लो म्याचमा उनले स्कटल्यान्डविरुद्ध ८३ रन बनाउँदै अविजित रहेका थिए । वर्षाका कारण सो म्याचमा नेपालले पूरा ओभर ब्याटिङ गर्न पाएको थिएन ।

आज भने जोराले आफ्नो शतकको भोक पूरा गरे । उनी ४२ औँ ओभरको अन्तिम बलमा आउट भएका छन् ।

एमालेको निषेध छल्दै विद्यालाई भेट्न नेताहरुकाे लर्काे, नेकपा एसका रेग्मी पत्नीसहित पुगे

रवि बसेको कोठामा एसी छैन, झ्याल पनि बन्द छ : मानवअधिकार आयोग

२६ साउन, बुटवल । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाइउडले टालेर बन्द गरिएको  स्पष्ट पारेको छ ।

कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको,  कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताएकी छन् ।

यस्तै रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको,  कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो गरी दुई वटा पंखा रहेको जानकारी दिइन् ।

जेल प्रशासनले सुरक्षाका लागि झ्याल टालिएको बताएको थापाले बताइन् । आफूहरूले झ्याल खोल्न भनेपछि कारागार प्रशासन खोल्न तयार भएको थापाले बताइन् ।

रविलाई जेल स्थानान्तरण गर्न रोकिएकोप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्थानान्तरण गर्न रोकिएको सम्वन्धमा गम्भीर चासो व्यक्त गरेको छ । आज भैरहवा कारागारमा पुगेर रविलाई भेटेपछि आयोगकी आयुक्त लीली थापाले यो गम्भीर विषय भएको बताइन् ।

उनले भनिन्, ‘उहाँले कारागार सरुवाका लागि निवेदन दिएर अदालतले पनि अनुमति दिइसकेको रहेछ । तर, के कारणले हो अहिलेसम्म सरुवा गरिएको छैन । यो गम्भीर विषय हो ।’

थापाले यस विषयमा काठमाडौं गएर कारागार व्यवस्थापन विभागसँग छलफल गर्ने पनि जानकारी दिइन् ।