उपसभामुखलाई पदमुक्त गर्न चाहिन्छ संसदको दुई तिहाइ, यस्तो छ संवैधानिक व्यवस्था

काठमाडौं । सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउन प्रस्ताव लैजाने तयारी गरेको छ ।

उपसभामुख रानाले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन अमेरिकी दूतावासलाई लेखेको पत्रको विषयमा रानाको आचरणमाथि प्रश्न उठाउँदै गठबन्धनले संविधानको धारा ९१ को उपधारा (६) अनुसार उपसभामुख रानालाई हटाउन खोजेको हो ।

सत्ता साझेदार नेपाली कांग्रेसले उपसभामुख राना मगरको मानव तस्करी प्रकरणमा नाम जोडिदेखि नै उनलाई संविधान बमोजिम हटाउन प्रस्ताव राखिरहेको थियो । संवैधानिक परिषदमा समेत कांग्रेसको प्रतिनिधित्व नरहेकाले पछिल्लो समय प्रधानमन्त्री पनि कांग्रेसको मागमा सहमत भएको बताइएको छ । त्यतिबेलै पनि उपसभामुखविरुद्ध प्रस्ताव लैजाने चर्चा चलेको थियो ।

संविधानको धारा ९१ को उपधारा ६ मा सभामुख वा उपसभामुखको पद रिक्त हुने अवस्था बताइएको छ । यो धाराअनुसार प्रस्ताव पारित गरेर २ तिहाइले हटाउन सक्छ । महाअभियोग भने संविधानको धारा १०१ ले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायधाीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीका विरुद्धमात्र ल्याउन सक्ने व्यवस्था छ ।

महाअभियोग पारित गर्न सिफारिस समिति गठन गर्नुपर्नेलगायतका धेरै चरणका प्रक्रिया हुन्छन् । सभामुख र उपसभामुखलाई भने प्रस्ताव पारित गरेर पदमुक्त गर्न सकिन्छ ।

धारा ९१ मा यस्तो छ व्यवस्था-

(क) निज प्रतिनिधिसभाको सदस्य नरहेमा । तर प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने छन् ।

(ख) निजले लिखित राजीनामा दिएमा,

(ग) निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा ।

सत्ता गठबन्धनमा आबद्ध दलले सहजै हटाउन सकिने संवैधानिक बाटो देखिएको छ । प्रतिनिधि सभामा कांग्रेसका ८८ (मोहन बस्नेत निलम्बन), एमालेका एमाले सभामुखसहित ७९ (१ निलम्बन), जसपाका ७, जनमतका ६, लोसपाका ४ सांसद छन् ।

प्रतिनिधिसभामा २७५ मध्ये दुई तिहाइका लागि १८३ सांसद भए पुग्ने भएकाले साना दलहरुको पनि समर्थन रहेकाले उपसभामुखलाई सहजै हटाउन सकिने देखिएको छ ।

उपसभामुखलाई हटाउँदा संवैधानिक परिषद्‍मा पनि गठबन्धनलाई कम्फर्टेबल हुने भएकाले सरकारले हटाउन खोजेको हो ।

यस्तै, प्रतिनिधिसभा नियमावलीको नियमवली २१० सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव पेश गर्न सकिने उल्लेख छ ।

सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्तावः

(१) कुनै सदस्यलाई सभामुख वा उपसभामुखले आफ्नो पद अनुकूल आचरण गरेको छैन भन्ने लागेमा प्रतिनिधि सभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाई सदस्यको समर्थन प्राप्त गरी नेपालको संविधानको धारा ९१ को उपधारा (६) को खण्ड (ग) बमोजिमको प्रस्ताव पेश गर्ने सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको प्रस्ताव प्राप्त भएपछि सचिवले सो प्रस्ताव सभामुखको विरूद्ध भए उपसभामुख समक्ष, उपसभामुखको विरूद्ध भए सभामुख समक्ष र सभामुख तथा उपसभामुख दुवै उपर एकै साथ प्राप्त भएमा संविधानको धारा ९१ को उपधारा (५) बमोजिमको ज्येष्ठ सदस्य समक्ष पेश गर्र्ने छ । त्यस्तो प्रस्ताव दर्ता भएको मितिले सात दिनभित्र बैठकमा छलफल हुने गरी दिन र समय तोकिनेछ ।

(३) उपनियम (१) बमोजिमको प्रस्तावमाथि बैठकमा छलफल हुने दिनको कम्तीमा एक दिनअगावै सो प्रस्तावकोप्रति सबै सदस्यलाई वितरण गरिनेछ ।

संविधान बमोजिम उपसभामुखमाथि महाअभियोग भने लाग्दैन । संविधानको धारा १०१ ले राष्ट्रपति,उपराष्ट्रपति,प्रधान न्यायाधाीश,सवर्बोच्च अदालतका न्यायाधीश,न्याय परिषदका सदस्य, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीका विरुद्धमात्र ल्याउन सक्ने व्यवस्था गरेको छ ।

महाअभियोग पारित गर्ने धेर चरणका प्रक्रिया हुन्छन्, महाअभियोग सिफारिस समिति गठन गर्नुपर्ने लगायतका प्रावधान रहेका छन् । सभामुख र उपसभामुखमाथि भने महाअभियोग लाग्दैन । उनीहरुलाई पदमुक्त गर्न प्रतिनिधि सभाले नै प्रस्ताव पारित गर्नुपर्छ ।

कवाडी वैज्ञानिक मन्त्री’ पुनको नयाँ यात्रा : शिक्षामा कस्तो सुधार देखिएला?

काठमाडौं । मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोराले अमेरिकाविरुद्ध शानदार शतक प्रहार गरेका छन् । आज जारी अभ्यास खेलमा नेपाल ‘ए’ बाट खेलिरहेका जोराले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिँदै शतक प्रहार गरेका हुन् ।

मुलपानी क्रिकेट मैदानमा नेपालले पहिलो ब्याटिङ गरिरहेको छ । चौथो नम्बरमा आएका जोराले ११३ बलमा १११ रन बनाएर आउट भए । अघिल्लो म्याचमा उनले स्कटल्यान्डविरुद्ध ८३ रन बनाउँदै अविजित रहेका थिए । वर्षाका कारण सो म्याचमा नेपालले पूरा ओभर ब्याटिङ गर्न पाएको थिएन ।

आज भने जोराले आफ्नो शतकको भोक पूरा गरे । उनी ४२ औँ ओभरको अन्तिम बलमा आउट भएका छन् ।

एमालेको निषेध छल्दै विद्यालाई भेट्न नेताहरुकाे लर्काे, नेकपा एसका रेग्मी पत्नीसहित पुगे

रवि बसेको कोठामा एसी छैन, झ्याल पनि बन्द छ : मानवअधिकार आयोग

२६ साउन, बुटवल । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाइउडले टालेर बन्द गरिएको  स्पष्ट पारेको छ ।

कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको,  कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताएकी छन् ।

यस्तै रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको,  कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो गरी दुई वटा पंखा रहेको जानकारी दिइन् ।

जेल प्रशासनले सुरक्षाका लागि झ्याल टालिएको बताएको थापाले बताइन् । आफूहरूले झ्याल खोल्न भनेपछि कारागार प्रशासन खोल्न तयार भएको थापाले बताइन् ।

रविलाई जेल स्थानान्तरण गर्न रोकिएकोप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्थानान्तरण गर्न रोकिएको सम्वन्धमा गम्भीर चासो व्यक्त गरेको छ । आज भैरहवा कारागारमा पुगेर रविलाई भेटेपछि आयोगकी आयुक्त लीली थापाले यो गम्भीर विषय भएको बताइन् ।

उनले भनिन्, ‘उहाँले कारागार सरुवाका लागि निवेदन दिएर अदालतले पनि अनुमति दिइसकेको रहेछ । तर, के कारणले हो अहिलेसम्म सरुवा गरिएको छैन । यो गम्भीर विषय हो ।’

थापाले यस विषयमा काठमाडौं गएर कारागार व्यवस्थापन विभागसँग छलफल गर्ने पनि जानकारी दिइन् ।

 

 

सेलेघाट-रामेछाप-साँघुटार सडकको समस्या समाधान गर्ने निर्माण कम्पनीको प्रतिबद्धता

घुँगीफोर गरुडको प्रजनन केन्द्र बन्दै चितवनको बाटुलीपोखरी

काठमाडौं । विश्वभर आलोचना भइरहेका बेला इजरायलले गाजा पट्टी कब्जा गर्ने घोषणाअनुरूप सैन्य कारबाही थालेको छ । यस क्रममा आज मात्रै इजरायली सेनाले कम्तीमा ८१ जना प्यालेस्टाइनी नागरिकको हत्या गरिसकेको अलजजिराले जनाएको छ ।

गाजा कब्जा गर्नका लागि इजरायलको रक्षा मन्त्रालयले सेनालाई अनुमति दिएको छ । हमासले युद्धविराममा सहमति जनाए पनि इजरायलले निर्दोष नागरिकको हत्या अभियान जारी राखेको छ ।

रोयटर्सका अनुसार हमासले इजरायलमाथि युद्धविराम सम्झौतामा अवरोध गरेर निर्दोष नागरिकमाथि बर्बर दमन जारी राखेको आरोप लगाएको छ ।

[gam_ad_position alias=’single-inbetweenstories-2′]

यसैबीच २२ महिना लामो युद्धमा युद्धविराम सुनिश्चित गर्न मध्यस्थकर्ताहरूले प्रयास गरिरहेको बेला इजरायलले गाजा कब्जा गर्न ६० हजार रिजर्भ सेना समेत मैदानमा लड्न बोलाएको छ ।

गाजाका सबैभन्दा घना जनसंख्या भएको क्षेत्रहरूमा अपरेशन सुरु गर्ने योजनालाई कार्यान्वयन गर्न सेनाले यसले ६० हजार रिजर्भ फोर्सलाई बोलाएको हो ।

गाजा कब्जा गर्न इजरायलले थाल्यो सैन्य कारबाही, पहिलो दिनमै ८१ प्यालेस्टाइनको हत्या

काठमाडौं । विश्वभर आलोचना भइरहेका बेला इजरायलले गाजा पट्टी कब्जा गर्ने घोषणाअनुरूप सैन्य कारबाही थालेको छ । यस क्रममा आज मात्रै इजरायली सेनाले कम्तीमा ८१ जना प्यालेस्टाइनी नागरिकको हत्या गरिसकेको अलजजिराले जनाएको छ ।

गाजा कब्जा गर्नका लागि इजरायलको रक्षा मन्त्रालयले सेनालाई अनुमति दिएको छ । हमासले युद्धविराममा सहमति जनाए पनि इजरायलले निर्दोष नागरिकको हत्या अभियान जारी राखेको छ ।

रोयटर्सका अनुसार हमासले इजरायलमाथि युद्धविराम सम्झौतामा अवरोध गरेर निर्दोष नागरिकमाथि बर्बर दमन जारी राखेको आरोप लगाएको छ ।

यसैबीच २२ महिना लामो युद्धमा युद्धविराम सुनिश्चित गर्न मध्यस्थकर्ताहरूले प्रयास गरिरहेको बेला इजरायलले गाजा कब्जा गर्न ६० हजार रिजर्भ सेना समेत मैदानमा लड्न बोलाएको छ ।

गाजाका सबैभन्दा घना जनसंख्या भएको क्षेत्रहरूमा अपरेशन सुरु गर्ने योजनालाई कार्यान्वयन गर्न सेनाले यसले ६० हजार रिजर्भ फोर्सलाई बोलाएको हो ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई प्राधिकरणमा दर्ता अनिवार्य, भदौभित्रै प्रक्रिया थालिँदै

विराटनगर । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिक पत्रिकाको वार्षिक उत्सवमा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिराटनगर झरिन् । विराटनगर विमानस्थल अवतरण भएदेखि नै उनी राजनीतिक भेटघाटहरुमा व्यस्त छिन् ।

भण्डारीलाई एमालेले पार्टीमा फर्किन ढोका बन्द गरिसकेको छ, तर पार्टीपंतिमा उनीप्रति आकर्षण र क्रेज यथेष्ट रहेको बिराटनगर यात्रामा पनि देखिन्छ । उनलाई स्वागत गर्न कोशी प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राई, एमाले कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी लगायत विमानस्थलमा पुगेका थिए । यसअघि उनी आउँदा स्वागतमा देखिने केही चर्चित अनुहार भने यसपाला गयल रहे । यसअघि पूर्वमुख्यमन्त्री एवं कोशीका इञ्चार्ज शेरधन राईदेखि, कोशीका मुख्मन्त्री हिक्मतकुमार कार्की साथै मन्त्रीहरू विमानस्थलमै पुग्ने गरेका थिए ।

मुख्यमन्त्री कार्कीले भण्डारीलाई उनी बसेको होटल बिगमा गएर भेटघाट गरे । कार्कीसँगै आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारी, सामाजिक विकास मन्त्री पाँचकर्ण राई र खानेपानी मन्त्री एकराज कार्की पनि साँझ भण्डारीलाई भेट्न पुगेका थिए ।

मुख्यमन्त्री र मन्त्रीहरूसँग भण्डारीले प्रदेश सरकारमा राजनीतिक दलहरुको सहभागिताको अवस्थाको बारेमा जिज्ञासा राखेको एक मन्त्रीले बताए ।

‘प्रदेशमा संयुक्त सरकार भएकाले कुन पार्टीबाट को–को मन्त्री सहभागी छन् भनेर जिज्ञासा राख्नुभयो । मुख्यमन्त्रीज्यूले पनि सरकारको समग्र कामकारबाहीको अवस्थाबारे जानकारी गराउनुभयो,’ ती मन्त्रीले भने ।

एमालेका मात्र होइन, भण्डारीलाई भेट्न नेकपा एसका नेता–कार्यकर्ताको पनि होटल बिगमा लर्को लाग्यो । नेकपा एसका नेता महेश रेग्मी श्रीमतीसमेत लिएर भण्डारीलाई भेट्न गएका थिए । एमाले मोरङको अध्यक्ष भइसकेका रेग्मी नेकपा एसको प्रदेश अध्यक्षमा पराजित भएपछि पार्टीमा अलि सेलाएका छन् । भण्डारी २०४२ सालमा अनेमसंघ मोरङको संयोजक हुँदा महेशकी पत्नी सावित्रा सहसंयोजक थिइन् । पछि जिल्ला अध्यक्षमा भण्डारी निर्वाचित हुँदा उनी सचिव भइन् ।
रेग्मीले केही राजनीतिक र केही पारिवारिक कुराकानी भएको बताए ।

महामहिम भइसकेको व्यक्ति राजनीतिमा आउनुको कारण सोधेको उल्लेख गर्दै रेग्मीले भने, ‘मैले यो प्रतिकूल अवस्थामा राजनीतिमा आउनुको कारण सोधेँ । उहाँले अवस्था प्रतिकूल भएकै कारण आफू एमालेको सक्रिय राजनीतिमा फर्कनु परेको बताउनुभयो ।’

रेग्मीले आफूहरूको घरमा समेत आउने–जाने भइरहने गरेकाले विराटनगर आएको बेला भेट भएको प्रष्ट्याए ।

पूर्वराष्ट्रपति एमालेले अहिले निषेधको नीति लिइरहेको छ । एमाले संस्थापनले उनको कार्यक्रममा नजान, समर्थनमा नबोल्न पार्टी पंतिलाई निर्देशन दिँदै आएको छ । केही दिनअघिको कोशी प्रदेश कमिटीको बैठकमा प्रदेश इन्चार्ज शेरधन राईले भण्डारीको सदस्यता नवीकरणको च्याप्टर क्लोज भइसकेको बताएका थिए । आज विराटनगर महानगर कमिटीका इन्चार्ज पर्शुराम बस्नेतले एमालेले कुनै कार्यक्रम नराखेको भन्दै सहभागी नहुने उर्दी जारी गरेका छन् ।

विद्या पक्षमा खुलेका नेता–कार्यकर्तालाई पार्टीले ‘नोटिस’ गरिरहँदा कोशीका मुख्यमन्त्र प्रभावशाली नेताहरूले पनि भण्डारीलाई भेट्नुलाई अर्थपूर्णरुपमा लिइएको छ । तर, भेटघाटका तस्बिरहरू कसैले सामाजिक सञ्जालमा राखेका छैनन् ।
काठमाडौं फर्किनुअघि पार्टी कार्यालयमा

आज काठमाडौं फर्किनुअघि उनले पाञ्चालीस्थित एमाले मोरङको कार्यालय पुगेर कार्यकर्तालाई सम्बोधन गरिन् । एमाले पूर्व उपाध्यक्षको हैसियतमा सम्बोधन गरेकी उनले देशको आर्थिक आत्मनिर्भरता र राष्ट्रिय हितलाई सर्वोपरि राखेर अगाडि बढ्न आग्रह गरिन् ।

आफू पुनः पार्टीको सदस्यको रूपमा सक्रिय रहेको बताउँदै भण्डारीले भनिन्, ‘राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रिय जिम्मेवारीका कारण पार्टी कार्यालयमा आउन पाइनँ । पदबाट निस्किएपछि पार्टी सदस्यता नवीकरण गरेँ ।’

४५ वर्षअघि एमालेको सदस्यता लिएको भन्दै उनले पार्टी सदस्य पनि विराटनगरबाटै भएको र शपथ खाएको स्मरण गर्दै विराटनगर, मोरङ गृहजिल्ला, गृहनगरजस्तो लाग्ने बताइन् ।

नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता कायम राख्न आर्थिकरूपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै उनले एमालेको सामान्य सदस्यमात्रै भएर पनि राष्ट्रिय एजेन्डामा काम गर्ने बताइन् ।

कार्यालयमा केन्द्रीय सदस्य रामलाल साह, मोरङ अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापासहितका नेता पाञ्चाली पुगेका थिए ।

(तस्बिर क्याप्सन : विराटनगर विमानस्थलमा भण्डारीलाई स्वागत गर्दै राज्यमन्त्री सिर्जना राई, कोशीका सचिव राजकुमार भण्डारीलगायत)

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई प्राधिकरणमा दर्ता अनिवार्य, भदौभित्रै प्रक्रिया थालिँदै

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई प्राधिकरणमा अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गर्ने तयारी थालेको छ । प्राधिकरणले यही भदौदेखि नै दर्ता प्रक्रिया थाल्ने भएको हो ।

जसका लागि मापदण्ड तर्जुमा गरि कार्यान्वयनको चरणमा रहेको प्राधिकरणका बोर्ड सदस्य तथा कार्यकारी निर्देशक शेषनारायण पौडेलले जानकारी दिए । उनले भने, ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता मापदण्ड, २०८२ तर्जुमा भई कार्यान्वयनको तयारीमा रहेको छ । सहकारी दर्ताको लागि एक अलग्गै दर्ता सफ्टवेयरको निर्माण भई लन्च गर्ने तयारी भइरहेको छ । २०८२ भाद्र महिना भित्रमा दर्ता प्रक्रियाको थालनी गरिने योजना रहेको छ ।’

सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा पौडेलले दिएको जानकारी अनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियमाकीय मापदण्ड, २०८२ जारी भई कार्यान्वयनको चरणमा रहेको छ ।

यही भदौ महिनामा नै ऐनको व्यवस्था अनुसारको मुख्य कारोबार गर्ने सहकारी संघ संस्थाको प्राधिकरणमा दर्ताका लागि दर्ता मापदण्ड जारी गरिनेछ । सहकारी संस्थाहरूलाई अनलाइनबाट नै दर्ता गरिने तयारी रहेको छ ।

छिटै नै सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षण कार्यविधि र आवश्यक प्रविधिको तयार गरी समस्या उन्मुख सहकारी संस्थाहरूलाई स्थलगत र अन्य सहकारी संघसंस्थाहरूलाई गैर स्थलगत नियमन प्रारम्भ गरिने समेत प्राधिकरणको तयारी रहेको छ ।

प्राधिकरणले नियम बमोजिम कुनै विषयमा पालना नगर्ने नगराउने बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई पाँच लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने समेत जनाएको छ ।