बाढी प्रभावितको राहतका लागि ट्रिटन कलेजद्वारा २ लाख २२ हजार सहयोग

काठमाडौं । ट्रिटन मा.वि. तथा कलेज (Triton SS & College) ले भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि आर्थिक सहयोग गरेको छ ।

कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत उद्धार, राहत र पुन:स्थापनाका लागि २ लाख २२ हजार २२२ रूपैयाँ सहयोग गरेको हो । आकस्मिक र विनाशकारी बाढीका कारण जनधनको अपूरणीय क्षति भएकोप्रति दुःख जनाउँदै कलेजले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलीसहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

कलेजको बोर्ड बैठकको निर्णयअनुसार पदाधिकारी, शिक्षक-शिक्षिका तथा कर्मचारीहरूको भदौको मासिक तलबबाट एक दिनको तलब र संस्थाको तर्फबाट थप रकम संयुक्त रूपमा संकलन गरिएको प्रोग्राम प्राचार्य मदन शाक्यले बताए ।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने प्रोग्राम हेड कुमार थापाले जानकारी दिए ।

संसद बैठक आव्हान : सभामुखले विशेष प्रस्ताव राख्ने, सबै दलका नेताले बोल्ने

काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गरेका छन् । आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकपछि भोलि बस्ने गरी सभामुखले बैठक तय गरिएको हो ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले भोलि दिउँसो १ बजे बैठक बस्ने सूचना सार्वजनिक गरिसकेका छन्।

भोलिको बैठकमा भोटेकोशी बाढीले निम्तिएको संकट र प्रतिकार्यलगायतका विषयमा विशेष प्रस्ताव पेस गर्ने र दलीय आधारमा सबै दलका नेताहरूले बोल्ने तय भएको छ।